Logo
Logo

काठमाडौंको मेयरका उम्मेदवार सुनिताद्वारा ‘आठ खम्बे’ घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)


4.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । उनले आठ खम्बे विकासको मोडलसहित चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

घोषणापत्रमा डंगोलले काठमाडौं महानगरलाई साँस्कृतिक शहर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उनले आफ्नो चुनावी घोषणापत्रका केही योजना पनि अघि सारेकी छन् ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना आफ्नो घोषणापत्रमा राखेकी छन् । जसमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्टलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्