Logo
Logo

‘निर्वाचन निर्धारित मितिमा नभए मुलुक दुर्घटनामा फस्छ’


882
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमा निर्वाचन नभए मुलुक दुर्घटनाबाट फस्ने बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह पनि गरे । निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने उनको भनाई छ ।

‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ’, उनले भने । यसै वर्षभित्र प्रदेश, प्रतिनिधिसभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्