Logo
Logo

विवेकशीलका काठमाडौंको मेयर-उपमेयर उम्मेदवारले सार्वजनिक गरे प्रतिज्ञा पत्र


3.2k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवारले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा मेयर तथा र कीर्ति तुलाधर उपमेयरको उम्मेदवार घोषणा गरिएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमबीच उम्मेदवारहरूले आफ्ना ७ मूल एजेन्डा रहेको बताएका छन् । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्