Logo
Logo

बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका मालिकसहित ८६ जनालाई अख्तियारले बोलायो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असार ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गिरोहका ९६ जनालाई अख्तियारले बयानमा बोलाएको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना जारी गरी बयानमा बोलाएको हो ।
उनीहरुलाई सातदिनभित्र उपस्थित हुन भनिएको छ । सो प्रकरणका नाइके शोभाकान्त ढकाल र रामकुमार सुवेदी फरार छन् । भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा कल्याण गुरुङ रामकुमारको श्रीमती माधवी सुवेदी,शोभाकान्तको पत्नी उमा ढकाललाई पनि उपस्थित हुन भनिएको छ । बालुवाटारको एक सय ४४ रोपनी जग्गा मालपोत कर्मचारीसँगको मिलेमतोमा व्यक्तिको नाममा लगिएको थियो ।

आयोगले सो प्रकरणमा मुछिएका कर्मचारीहरुसँग बयान लिइसकेको छ ।

को कोलाई बोलाइयो ?

प्रतिक्रिया दिनुहोस्