Logo
Logo

विश्वकप क्रिकेटमा नेपालमा करोडौंको सट्टेबाजी, तीन जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असार ।
इंल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताको नाममा नेपाल सट्टेबाजी धन्दा चलिरहेको छ । दैनिक करोडौंको हाजजित हुने गरेको छ । तर, प्रहरीले कारोबारीलाई संरक्षण दिइरहेको छ । उपत्यका प्रहरीका उच्च अधिकारीहरुको सट्टेबाज समूहसँग दोस्ती भेटिएको छ ।
चितवन प्रहरीले भने तीन जनालाई पक्राउ गरेको छ ।


। पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह रहेको छ। भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएको शाहले विगतमा पनि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्