Logo
Logo

गृह मन्त्रालयका सहसचिव ट्राफिक प्रहरीको कारबाहीमा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ११ असार ।
गृह मन्त्रालयका सहसचिवले नै ट्राफिक नियमको उल्लघंन गरेका छन् । प्रवक्ता समेत रहेका सहसचिव रामकृष्ण सुवेदीले सडकमा गाडी पार्किङ गरेर नियम मिचेका हुन् ।
उनको बा २ झ ४३८८ नम्बरको गाडी सिंहदरबारको पूर्वी गेट अगाडि सडकमा पार्किङ गरिएको छ । गाडी सडकमा पार्किङ गरेर सहसचिव सुवेदी रेस्टुरेन्टमा गएका थिए ।


ट्राफिक प्रहरीले उनको गाडीमा लक लगाइदिएका हुन् । पछि सहसचिवको गाडीमा लक लगाइदिएको भन्दै चालकले ट्राफिक प्रहरीलाई धम्काएका थिए ।
देशमा पढेलेखेका र उच्च पदस्थहरुमै ट्राफिक नियम मिच्ने प्रवृत्ती रहेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्