Logo
Logo

सिंचाईका हाकिम दुई लाख घुससहित समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ असार ।
सिंचाईका डिभिजन कार्यालय प्रमुख २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । कञ्चनपुरस्थित कार्यालयका प्रमुख अजित कुमार श्रीवास्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।


ठेकदारलाई भुक्तानीका लागि उनले घुस मागेका थिए । हैरान भएका ठेकदारले अख्तियारलाई खबर गरेर घुस दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्