Logo
Logo

बिक्रीमा बोइङ ७५७, निगमले निकाल्यो टेण्डर


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, १२ असार । नेपाल वायुसेवा निगमले ‘बोइङ ७५७ जहाज बिक्रीका लागि टेन्डर आहृवान गरेको छ । निगमले बुधबारदेखि लागु हुने गरी टेण्डर आह्वान गरेको हो । टेण्डरको समयावधि ४५ दिन राखिएको छ ।
न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्री मूल्य तोकेर टेन्डर आह्वान गरिएको छ । नियमानुसार अधिकतम मूल्य तिर्न तयार हुने कम्पनीले निगमको ‘बी’ ७५७ ९एन (एसीबी) जहाज खरिद गर्न सक्नेछ । छानिएको कम्पनीले २१ दिनभित्र निगमसँग जहाज खरिद–बिक्री सम्झौता गर्नु पर्नेछ ।
१ सय ९० सीट क्षमता बनाएर निर्माण गरिएको उक्त जहाज डिसेम्बर २०१८ देखि यता भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउण्डेड छ । उक्त बोइङले सन् १९८१ मा निर्माण थालेको यस मोडलको अधिकतम क्षमता २ सय ३० सीटसम्म रहेको छ ।
निगमका जहाजमा १६ विजनेस र १७४ सीट इकोनोमिक क्लास छन् । एक पटकमा निरन्तर ७ घण्टासम्म उड्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्