Logo
Logo

लाइसेन्समा घुस, ट्राफिक प्रहरीसहित चार जना अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असार ।
परिक्षामा फेल भएपनि सवारी लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम लिएको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले ४ जनालाई मुद्दा दर्ता गरेको छ । सेवाग्राहीबाट ४० हजार घुस लिँदै गर्दा केही दिनअघि पक्राउ परेका दुई र भ्रष्टाचारमा संलग्न भएका दुई गरी ४ जनालाई बिहीबार विषेश अदालतमा मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान पोखरा कार्यालयले जनाएको छ ।


यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी कार्यालयमा लाइसेन्सका लागि फर्म भर्ने क्रममा हेभि इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ्ग स्कुलका संचालक खगेन्द्र प्रसाद काफ्लेलाई अख्तियाको टोलीले पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेपछि अख्तियारको टोलीले सोधपुछ र अनुसन्धान गर्दै जाँदा यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्ल भ्रष्टाचार कार्यमा संलग्न भएको देखिएकोले उनीहरुलाई समेत मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्