Logo
Logo

गृहमन्त्रीको पद धरापमा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असार ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कै एक समूह सक्रियताका साथ लागेको छ । शान्ति सुरक्षामा राम्रो काम गर्न नसकेको भन्दै उनलाई हटाउने चलखेल भएको हो ।
बादल पछिल्लो समय विवादमा परिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्न लागेपछि उनलाई हटाउन तत्कालिन माओवादीकै नेताहरु लागेका छन् ।


जनार्दन शर्मा लगायतको समूह बादललाई हटाउने खेलमा लागेको हो । शर्मा आफैं गृहमन्त्री ताकिरहेको स्रोत बताउँछ ।
बादल पछिल्लो समय पार्टीमा शक्तिशाली हुँदै गएका छन् । प्रधानमन्त्री ओलीसँग समेत उनको सम्बन्ध मजबुत भएको छ । सोही कारण देखाएर कतिपयलाई उनलाई मन्त्रीबाट हटाउन प्रचण्डलाई दबाब दिएका छन् । तर, प्रचण्डकी पुत्री तथा प्रचण्डको सहयोगीको रुपमा कार्यरत गंगा दाहालले भने बादललाई हटाउने विषय अनाबश्यक रुपमा मिडियामा आएको भनेर खण्डन गरेकी छिन् ।
बादल ओली र प्रचण्ड दुवैको प्रिय भनेर संगठन प्रमुख बन्ने दाउमा छन् । तर, दुवै तिर उनले सन्तुलन मिलाउन सकेका छैनन् । जसकारण कहिले ओलीतिर त कहिले प्रचण्डतीर निकट भएको आरोप उनीमाथि लाग्न थालेको छ ।
दुवै अध्यक्षको ‘यसम्यान’ भन्दा गृहमन्त्रीको रुपमा उनको छवी भने खस्कदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्