काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजनको संघारमा पुगेको छ । पार्टीभित्र स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विवाद चरम उत्कर्षमा पगेको छ ।
ईलाम लगायत केही जिल्लामा भने स्थानीय पार्टीको निर्णय भन्दै चुनावमा जाने घोषणा समेत गरिएको छ । चुनावमा जाने र नजाने चर्को विवाद भइरहेकाले नेकपा विभाजनको छिनोफानो यसै हप्ता हुने स्रोतको दावी छ ।

आजको साँघु साप्ताहिकले लेखेको छ, खासगरी, स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया टुंगो लागेसँगै नेकपाको विभाजन पनि टंगो लाग्नेछ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चुनावको पक्षमा देशभरका कार्यकर्तालाई परिचानल गरिरहेका छन् । अनि उम्मेदवार छनौटका प्रक्रियामा लागेको खबर छ ।
साँघु साप्ताहिक थप्छ, विभाजनका लागि नेताहरु हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोलाले उम्मेदवारी पक्रियासम्म कुरेर बसेका छन् । वलीमाथि विप्लवनिकट नेताहरुले आर्थिक अनियमितताको आरोप लगाउन थालेका छन् ।
काठमाडौं आसपासमा बसेर वलीले मध्यकमाण्डको इञ्चार्जसीप गरिरहेका बेला काठमाडौंको व्यापारीसँग चन्दा उठाएको आरोप लगाईरहेका छन् । त्यही क्रममा अन्नपूण होटलसाग जोडिएको करिब ५० लाख रुपैयाँबारे विप्लवनिकट नेताहरुले वलीलाई आरोप लगाईरहेका छन् । उक्त होटलसँग ५० लाख रुपैयाँ लिएको वीलीले स्वीकार पनि गरेका छन् । तर, उक्त रकमपछि पार्टीको निर्देशनअनुसार फिर्ता गरेको पनि बताएका छन् ।
वलीले यस घट्नाबारे भनेका छन्, ‘अन्नपूर्ण होटलको रकमको हकमा भन्नुपर्दा साँढे ४ करोड रुपैयाँ पचाउन उहाँहरुले रु. ५० लाखको कुरा उठाउनुभएको छ । त्योबारेमा उहाँहरुलाई सबै जानकारी नै छ । पार्टी महासचिव विप्लवले उहाँ सही हुादका बखत नै ‘सुदर्शन कमरेडले कुनै पनि आर्थिक हिनामिना गर्नुभएको छैन, उहाँलाई सीधा देखेर उहाँ वरिपरि बसेका साथीहरुले दुरुपयोग गर्नुभएको छ’ भनी सक्नुभएको छ । तर अहिले महासचिव कमरेड किन यो विष्यमा बोली रहनुभएको छैन ? म अचम्ममा परेको छु ।’














