Logo
Logo

एमालेले पोखरामा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई बनायो उम्मेदवार


5.9k
Shares

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेको छ । पोखरामा एमालेले कृष्ण थापालाई उम्मेदवारी बनाएको हो ।

शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्