Logo
Logo

प्युठानको झिमरुकमा एमाले-माओवादीबीच चुनावी गठबन्धन


1.7k
Shares

प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुने भएको छ । सत्ता गठबन्धनभित्रै तालमेल गर्नेबारे सहमति नभएपछि एमाले–माओवादीबीच गठबन्धन हुने भएको हो ।

गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नहुँदा यसले एमालेलाई फाइदा भएको छ । एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् ।

यस्तै, जनमोर्चा र कांग्रेसबीच तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्