Logo
Logo
स्थानीय तह निर्वाचन

यी हुन् ६ महानगरमा गठबन्धनका उम्मेदवार



काठमाडौं । सत्ता गठबन्धनले ६ वटै महानगरमा मेयर पदको उम्मेदवारी टुंग्याएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले सोमबार ललितपुर र विराटनगर महागरपालिकामा उम्मेदवार टुंगो लगाएको हो ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो ।

यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुंगो लगाएको छ । गठबन्धनबाटै भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रले पुनः रेनु दाहाल उम्मेदवारी बनाउने निर्णय गरेको छ । त्यस्तै पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् ।

यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।
गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्रले १ सि, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाउने सहमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्