Logo
Logo

काठमाडौंलाई स्वच्छ, सफा र सुरक्षित सहर बनाउनेछु : सिर्जना सिंह


1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने प्रतिवद्धता गरेका छन् । मेयर पदमा उम्मेदवारी गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले एउटी महिलाले घर सफा गरेजस्तै काठमाडौंलाई स्वच्छ, सफा र सुरक्षित सहर बनाउन काम गर्ने बताए ।

आफू काठमाडौंको हावा, पानी, माटो र संस्कृतिसँग भिजेको भन्दै भने- ‘काठमाडौं नेपालको राजधानी हो, यो नेपालको मुट हो, एउटा ऐतिहासिक सहर हो, सलाई अब नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियरुपमा समेत थप चिनाउनुपर्नेछ । म एउटा महिला भएकाले हामी महिलाहरूले जसरी घर सफा राख्छौँ, आगामी पाँच वर्षमा काठमाडौंलाई त्यसैगरी सफा र स्वच्छ पार्ने योजनासहित अगाडि आएकी छु । म काठमाडौंको हावा, पानी, माटो र संस्कृतिसँग भिजेको महिला हुँ । मेरो सम्पूर्ण ध्यान यो सहरलाई सफा र सुरक्षित सहर बनाउनेमा केन्द्रीत हुनेछ ।’

उनले आफू मेयर भएपछि काठमाडौंका महिलाको जीवनस्तर उकास्ने कुरालाई प्राथमिकतामा राख्ने बताए । उनले भेन, ‘म आफैँ महिला हुँ । म मेयर भएपछि मेरो ध्यान महिलाको सशक्तिकरणमा केन्द्रीत हुनेछ । काठमाडौं राजधानी त हो । तर, यहाँ पनि महिलाका दुःख कम छैनन्, यो देशको राजधानी त हो, तर महिलाहरूले धेरै दुःख गर्नुपरेको छ । म श्रमिक महिलाको सम्मान गर्छु ।’

प्रतिक्रिया दिनुहोस्