Logo
Logo

भरतपुर महानगरको मेयरमा रेनु दाहालको मनोनयन दर्ता


2.5k
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनभित्र सहमति जुटेपछि दाहालले महानगरपालिकाको मेयरको टिकट पाएकी हुन् ।

दाहाल भरतपुर महानगरपालिकाको वर्तमान मेयर हुन् । २०७४ सालको निर्वाचनमा दाहाल भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्