
काठमाडौंं । राजस्थान इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो ।
पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनायो ।
बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । राजस्थानका कुलदिप सेनले ४, रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । राजस्थानका रियान परागले ५६ रन, कप्तान सन्जु सामसनले २७, रविचन्द्र आश्विनले १७ र दर्याद मिचेलले १६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।
बैंग्लोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले समान दुईरदुई विकेट लिए । यो जितसँगै राजस्थान १२ अंकका साथ पहिलो स्थानमा छ । ८ खेल लेखेको राजस्थानले ६ मा जित र दुई खेलमा हार व्यहोरेको छ ।











