Logo
Logo

रोटरी क्लव अफ गोँगबुको अध्यक्षमा महेश्वरमानसिंह


441
Shares

काठमाडौं । रोटरी क्लव अफ गोँगवुले रोटा एयर २०२२–२३ का लागि कार्यसमिति चयन गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले महेश्वरमानसिंह बस्नेतको अध्यक्षतामा १४ सदस्सीय समिति चयन गरेको हो ।

बोर्डमा निवर्तमान अध्यक्ष सुदिप न्यौपाने, अध्यक्ष इलेक्ट निर्मलप्रसाद न्यौपाने, उपाध्यक्ष हरेराम लामिछाने, अध्यक्ष नोमेनी विकाश पोख्रेल र कोमल पौडेल रहेका छन् ।

यस्तै, सचिवमा अनुज श्रेष्ठ, सहसचिव काशीराम वस्याल, कोषध्यक्षमा राजाराम फुँयाल र सहकोषाध्यक्षमा गोमा केसी चयन भएका छन् ।

क्लव एडमिन चेयर धर्मराज थापा, मेम्बरसिप चेयर विनोद कार्की, पव्लिक इमेज चेयर प्रेम पुन्थोकी, सर्भिस प्रोजेक्ट चेयर मञ्जु पुडासेनी छन् । बैठकले बोर्डको आरटीएफको जिम्मेवारी कविता मानान्धर र सर्जेन्ट एट आर्मको जिम्मेवारी मीना केसीलाई दिइएको छ ।

बोर्डको पहिलो वैठकले रोटा एयर २०२२–२३ मा क्लवलाई थप क्रियाशिल बनाउन कार्ययोजना बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्