चन्द्रनिगाहपुर । कोभिड–१९ पुनर्लाभ सामुदायिक उत्थानशीलता तथा विपद् सहयोग कार्यक्रमअन्र्तगत कोभिड–१९ व्यवस्थापन सम्बन्धी सिसिएमले स्वास्थ्यकर्मीलाई दुई दिने क्षमता विकास तालिम दिएको छ ।

चन्द्रनिगाहपुरमा मंगलबार होटल अशोकामा सो कार्यक्रम सम्पन्न भएको हो । रौतहटको गरुडा नगरपालिका, माधव नारायण नगरपालिका र गौर अस्पतालका तीन जना स्वास्थ्यकर्मी गरी जम्मा २६ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको जनाइएको छ ।
सो क्षमता विकास सम्बन्धी कार्यक्रमको प्रशिक्षक डा. सन्दीप साह र सन्तोष अधिकारी रहेका थिए । आरडिसी नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा तालिम दिइएको आरडिसी नेपालका दीपक शर्माले जानकारी दिए ।
कोभिड–१९ को व्यवस्थापन र पूर्ण तयारीका लागि स्वास्थ्यकर्मीहरुको क्षमताको विकास गर्ने र पूर्व तयारीमा रहनका लागि तालिम दिएको शर्माले बताए ।











