Logo
Logo

गठबन्धन बाहेकका दलसँग भएको तालमेल खारेज गर्ने निर्णय


7.5k
Shares

काठमाडौं । सत्तारुढ ठबन्धनको बैठकले गठबन्धनबीच लातमेलका लागि भएको सहमतिविपरीत अन्य दलसँग स्थानीय स्तरमा भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ ।

गठबन्धनलबीच तालमेलका लागि भएको सहमतिविपरीत स्थानीय स्तरमा अन्य दल (मुख्यतः एमालेसँग) भएको तालमेल खारेज गर्ने गठबन्धनले निर्णय गरेको हो । स्थानीय स्तरमा गठबन्धनको निर्णयविपरीत भएका तालमेल खारेज गर्ने जिम्मा सम्बन्धित दलले नै पाएका छन् ।

गठबन्धनको आज सम्पन्न बैठकले गठबन्धनमा आवद्ध दलबीच तालमेलका लागि बनेको सहमति कार्यान्वयन गर्न थप ७ बुँदे सहमित भएको छ । अछिल्लो सहमतिको बुँदा नम्बर ७ मा भनिएको छ– ‘ गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।’

अधिकांश स्थानीय तहमा गठबन्धनको निर्णयविपरीत पाँचै दलले अन्य दलसँग तालमेल गरेका छन् । यसरी अन्य दलसँग तालमेल हुँदा गठबन्धनका उम्मेदवार हार्ने सम्भावना बढेपछि केन्द्रीय स्तरमा बसेको गठबन्धनको बैठकले अरु दलसँग गरेको तालमेल खारेज गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्