Logo
Logo

कांग्रेस नमिलेपछि एमाले र एकीकृत समाजवादीबीच तालमेल


13.3k
Shares

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई दलको समेत मान्यता नदिएको अवस्थामा चंखेलीमा चुनावी तालमेल भएको हो ।
चुनावी तालमेलको सहमतिपछि गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमारी शाही उम्मेदवार बनेकी छन् भने एकीकृत समाजवादीबाट प्रेमकला शाहीले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग हुम्लाको पालिकाको भागबण्डा नमिलेपछि एकीकृत समाजवादी एमालेसँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको हो ।

एमालेबाट अध्यक्षको उम्मेदवार बनेकी शाहीले पालिकामा अरु दलसँग पनि चुनावी सहकार्यका लागि छलफल चलिरहेको बताएकी छन् । यो पालिकामा नेकपा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवारी दिएका छन् ।

यता, आजै गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमालेसँग गरिएका चुनावी तालेमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनले बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गठबन्धनमा आवद्ध दलबीच तालमेलका लागि बनेको सहमति कार्यान्वयन गर्न थप ७ बुँदे सहमित भएको छ । अछिल्लो सहमतिको बुँदा नम्बर ७ मा भनिएको छ– ‘ गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।’

प्रतिक्रिया दिनुहोस्