काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।
बुधबार स्थानी तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषय कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ओलीको मुखबाट गाली निस्कनु नौलो कुरा नभएको बताए । उनले भने, जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।

ओलीले कांग्रेस घोषणा पत्रमाथि टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ बताएका थिए । जवाफमा थापाले भने, ‘उहाँ (ओली)ले पागल भन्नुभयो । शुशीला कार्कीलाई र गोविन्द केसीलाई पनि उहाँ सन्केपछि भन्ने पागल नै हो । उहाँले सहन सक्नुभएन । सनक्क सन्किँदा शरीलाई अप्ठ्यारो पर्छ शरीरको ख्याल गर्नुहोला ।’ उनले ओलीलाई लजिक नभइ म्याजिक मनपर्ने बताए ।
कांग्रेले एमालेको घोषणपत्र चोरेको आरोपको पनि थापाले जवाफ दिए । उनले भ्याएको बेला बालकोट नै गएर ट्युसन पढाउने समेत बताए । उनले भने, ‘अस्ति मेरो महामन्त्री बन्दा चोर्यो भन्नुभयो । अहिले फेरि घोषणापत्रमा त्यस्तै भन्नुभएको छ। भ्याएको बेला बालकोट नै गएर ट्युसन पढाउने बेला भएको छ । मलाई चोर्नु छैन । तपाईंको समृद्धि तपाईसँगै राख्नुहोस् ।’














