Logo
Logo

उद्धव पौडेलले राप्रपा नेपाल छाडे


3.6k
Shares

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन् ।

पौडेल आर्थिक विभाग प्रमुखको समेत जिम्मेवारीमा थिए । पौडेलले आफूले राजीनामा दिनुबारे पनि केही खुलाएका छ्रैनन् ।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यसलगत्तै गोपी कृष्ण मूमिजका अध्यक्ष समेत रहेका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्