Logo
Logo

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । बिहीबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गरी उक्त अुनमानित प्रक्षेपण सार्वजनिक गरेको हो ।

विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सुनाएका थिए । विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ ।

यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ । आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदा विभागले यो आँकलन सार्वजनिक गरेको हो । तर, तीन महिनामा अर्थतन्त्रमा थप क्षति नपुग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्