Logo
Logo

महामन्त्री थापा भन्छन्- सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएन र ?


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकामा स–साना काम गर्ने इच्छाशक्ति भएको मेयर चाहिएको बताएका छन् ।

बिहबिार पाँच दलीय सत्ता गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै थापाले काठमाडौंमा साना साना समस्याको समाधान गरिदिने मेयर आवश्यक भएको बताएका हुन् ।

फाइल फोटो

उनले भने, ‘काठमाडौंमा जता फर्किए पनि समस्या मात्रै छन्, त्यसैले मलाई लाग्छ हामीलाई ठूलाठूला सपनामात्रै बाँड्ने मेयर चाहिएको होइन, स–साना काम गर्ने मेयर साथी चाहिएको हो ।’

काठमाडौंमा सडक, फुटपाथ, ढल, शिक्षा स्वास्थ्य जस्ता समस्याहरूको पहिचान गरी दिगो समाधान गर्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । ‘मैले आजैमात्र एक जना उम्मेदवारको अन्तर्वार्ता पढेँ । उहाँले सिर्जना सिंहलाई होच्याएर बोल्नुभएको रहेछ’ उनले भने, ‘त्यसले उहाँको महिलाप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ ।’

महामन्त्री थापाले भने, ‘त्यस्ता उम्मेदवारको बोली र व्यवहारबारे अघिल्लो निर्वाचनमा सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएन र ? महिला र पुरुष बराबरी भन्ने, व्यवहार बराबरी हुनुपर्छ कि पर्दैन ?’

उनले सिर्जना सिंह सरलताको पर्याय भएको बताए । थापाले भने, ‘सिर्जना सिंहमा म दुई लाख भोट ल्याउँछु, जितिहाल्छु भन्ने कुनै अहंकार छैन । मैले बुझेको सिर्जना भनेको सिम्पल सिर्जना हो । उहाँले काठमाडौं महानगरपालिकालाई घरजस्तै चलाउँछु भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्