Logo
Logo

मेरो मन र म



कसैले हावा भरदियो भने
चङ्गा उडेजस्तै उडेर
आकाश पारी पुग्न चाहने मन
आफ्नो धरातल हराउँदा
हावा भर्नेले जे भन्यो
मनले त्यही हो भन्ने
हावा भरेर नै मुग्ध पारिदिने
यो कस्तो मन्त्र रहेछ ?
उठ भने उठ, बस भने बस
मोहनी लाग्ने यो तान्द्रामा

हिजो हिटलरको भाषण सुन्नेले
बेहोसीमा पनि अभिवादन भन्थे
आज हावा भरेको भरमा
म सातौँ आसाममा पुगेको ठान्छु
आमाले सिकाइएको बोली बोल्ने
त्यो बच्चा सरह बने म
डाँडा पारी को जुन बन्दा झन्
कवाज खेल्ने सिपाही सरह
मोर्चामा पंङ्क्तिबद्ध रहे म

हावा फुस्स छोडिदियो भने
उफ्, उफ् मूक आवाज निस्किने
सास नै गन्हाउने त्यो मान्छेको
यो कस्तो मन हो मेरो
छिनमा लेक पुग्छ,
छिनमा बेसी झर्छ
सम्हाल्नै नसकिने भयो
कहिले जितेको, छिनमा हारेको
मनको चालहरू
चाल नमिलेको मुटु जस्तो
जे पनि हुने सक्ने भयो

प्रतिक्रिया दिनुहोस्