Logo
Logo

सशस्त्रका चार पूर्व आईजिपीलाई सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार।
भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व आईजिपीले सफाई पाएका छन् । वासुदेव ओली, सनत बस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्तले सफाई पाएका हुन् ।

सोमबार बिशेष अदादतका न्यायधीशहरु बाबुराम रेग्मी, द्ववारीकामान जोशी र प्रमोद कुमार श्रेष्ठ बैद्यको इजलाशले सफाई दिएको हो । चार पूर्व आईजिपीसँगै मुद्दा खेपेका अन्य सशस्त्र प्रहरी अधिकारीले पनि सफाई पाएका छन् ।
नक्कली बिल बनाएर करोडौं भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । लोकमानसिंह कार्की अख्तियारमा प्रमुख आयुक्त हुँदा मुद्दा दायर भएको थियो । प्रतिशोधका आाधारमा आफूहरुविरुद्ध मुद्दा दायर भएको आरोप उनीहरुले लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्