Logo
Logo

सलिना भइन् १६औँ मिस नेवा



काठमाडौं । काठमाडौंको चमतीकी सलिना महर्जनले ‘मिस नेवाः नेपाल ११४२’ उपाधि जितेकी छन् ।

नेप्लीज फेसन होमद्वारा काठमाडौंका कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औँ संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको ‘मिस नेवाः नेपाल’ बन्न सफल भएकी हुन् ।

मुख्य निर्णायकले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई के के गुण हुनु जरुरी छ ? भन्ने प्रश्नमा ‘मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनुपर्ने र काठमाडौंलाई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने’ सटिक जवाफ दिएपछि उनी मिस नेवा चुनिएकी हुन् । उनले उपाधिसँगै नगद एक लाख प्राप्त गरेकी छन् ।

यस्तै, प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट रनरअप र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन् । प्रतियोगितामा विभिन्न सबटाइटल उपाधि पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्