काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मानसिक यातना दिएपछि निगमका एक कर्मचारी उनकै कार्यकक्षमा बेहोस भएका छन् ।

यसअघि पनि पटकपटक कार्यकक्षमा बोलाएर दुव्र्यवहार गरेको र सोमबार पनि कार्यकारी अध्यक्षले आफ्नै कार्यकक्षमा बोलाएपछि ओझा थरका कर्मचारी बेहोस भएर ढलेका थिए । उनलाई आफैले मोडेल अस्पताल लगेका छन् ।
निगम नजिकै वीर अस्पताल भएपनि कार्यकारी अध्यक्ष अधिकारीले आफ्नै गाडीमा राखेर मोडल अस्पताल पु¥याएको निगमका कर्मचारीले बताएका छन् । मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको भन्दै कर्मचारीले अहिले अस्पताल घेराउ गरेका छन् ।
ओझामाथि मानसिक दबाब परेको र उनी बेहोस हुनुअघि कार्यकक्षमा के भएको थियो भन्ने थाहा नभएको कर्मचारी संघका अध्यक्ष मान कुँवरको भनाइ छ ।
केही दिनअघि कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पर्यटनमन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका थिए । अधिकारीले उनलाई सुचना लिक गरेको आरोप लगाएका थिए ।
मिडियामा आएको समाचारका लिंक उनले कर्मचारी संघको मेसेन्जर ग्रुपमा हालेपछि अधिकारीले मानसिक यातना दिने काम गरेको कर्मचारीको आरोप छ ।











