Logo
Logo

ओलीलाई स्वास्थ्यमन्त्रीको प्रश्न- चुनावमा बिरामीले औषधि खानुपर्दैन ?


5.4k
Shares

हटौँडा । स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।

स्वास्थ्य मन्त्री खतिवडाले कमिसनको चक्करमा अर्बौंको औषधि खरिद गर्ने तयारी गरेको ओलीले आरोप लगाएका थिए । मन्त्री अतिवडाले उक्त आरोपको खण्डन गरेका हुन् ।

हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खतिवाडाले भने, ‘निर्वाचन आचारसंहिता लागू भए पनि नेपाल सरकारले वार्षिक बजेटमा ल्याएका कार्यक्रमहरु रोकिँदैनन् । निर्वाचन आयोगले पनि रोक्दैन । बजेटमा परेको सबै काम हुन्छन् । चुनावको समयमा अस्पताल वा सडक निर्माण नहुने भन्ने हुँदैन । चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन ? अस्पताल चाहिँदैन ?’

कोरोनाविरुद्धको खोप हराएको विषयमा एमालेले अख्तियारमा उजुरी दिए पनि आफ्नो नाममा अहिलेसम्म पत्र नआएको मन्त्री खतिवडाले बताए । ओलीले २४ लाख कोरोना खोप स्वास्थ्य मन्त्रीको मिलेमतोमा हराएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्