Logo
Logo

शान्ति प्रक्रियादेखि नै माओवादीले नेतृत्व गरिरहेको छ : प्रचण्ड


2.8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही वैशाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।

फाइल फोटो

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताए । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए । माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्