Logo
Logo

सत्ता गठबन्धनलाई ‘पत्तसाफ’ गर्ने ओलीको दाबी


2k
Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा सत्ता गठबन्धनका पाँच वटै दललाई ‘पत्तसाफ’ गर्ने दाबी गरेका छन् ।

झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकै पटक ‘कर्‍याककुरुक’ पारेर फालिदिने बताएका हुन् ।

फाइल फोटो

उनले भने, ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै दललाई एकै पटक कर्‍याककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे । ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ ।’

ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गरे । उनले भने, ‘गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ ।’

ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ बनाउने दाबी गरे । उनले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने बताए ।

प्रतिक्रिया दिनुहोस्