Logo
Logo

सत्तारुढ गठबन्धनको भरतपुर आम सभास्थल जलमग्न


2k
Shares

काठमाडौं । गएरातिदेखि परेको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबानमा परेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको हो । आम सभास्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबेका छन् ।

सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा आज संयुक्त चुनावी सभा गर्दैछन् । तर, सभास्थल जलमग्न भएपछि अन्योल भएको छ । आमसभालाई सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यसका लागि शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन् ।

भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताले सम्बोधन गर्ने छन् ।

भरतपुर महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेनु दाहालको चुनावी यात्रा जटिल बनेको छ ।

दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् । भरतपुरमा नेकपा (एमाले) ले विजय सुवेदीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्