Logo
Logo

मलमा कसले गर्दैछ छल ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कृषकहरुका लागि मल पर्याप्त मौज्दात हुँदाहुँदै पनि सरकारलाई बदनाम गराउन मल अभाव भएको हल्ला चलाउन थालिएको छ । सरकारले मलमा अनुदान दिंदैआएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सालबसाली रुपमा लागत सहभागिताका आधारमा मलमा अनुदान उपलब्ध गराई सहुलियत दरमा कृषकहरुलाई उपलब्ध गराउँदैआएको जनाएको छ । मल अभाव भएकोबारेमा प्रधानमन्त्री केपी ओलीले नै चासो राखेका छन् ।

मल आयात गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मल पर्याप्त मौज्दात रहेको विज्ञप्तिमार्फत् नै स्पष्ट पारेका छन् । हाल कृषि सामग्री कम्पनीसँग डीएपी मल १ हजार ५ सय टन रहेको छ भने युरिया २० हजार मेट्रिक टन रहेको छ । कलकत्तामा प्राप्त भई ११ हजार मेटिक टन नेपाल भित्रने क्रममा रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १ हजार ३ सय ७५ मे.टन र डीएपी ५ हजार ६ सय मे टन मौज्दात रहेको छ । कृषि सामग्र्री कम्पनीले चालु धानबालीका लागि खरिद भएको ३० हजार मे टन युरिया तथा २५ हजार मे टन डीएपी मल साउनभित्र कलकत्ता हल्दियामा प्राप्त हुने अवस्थामा रहेको जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले २० हजार मे टन डीएपी मल कलकत्ताामा प्राप्त भइसकेको र निकट भविष्यमै नेपालमा भित्रनेछ भने २० हजार मे टन युरिया पनि असार अन्तिमसम्म प्राप्त हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्