Logo
Logo

अपहरणमा परेको भनिएका कांग्रेसका बागी उम्मेदवार मृत भेटिए



इटहरी । सुनसरीको रामधुनी नगरपालिका ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेल मृत अवस्थामा भेटिएका छन् ।

छुट्टै प्यानल नै बनाएर पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको शव शनिबार आफ्नै घरपछाडि भेटिएको थियो ।

तीन दिनअघि पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएको थियो । त्यसको भोलिपल्ट सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए । तर, शनिबार भने मृत अवस्थामा भेटिएका हुन् ।

नेपाली कांग्रेसका क्रियाशील नेता रुपमा सक्रिय पौडेलले वडाध्यक्षको दाबी गरेपनि पार्टीले उम्मेदवार नबनाएपछि बागी उम्मेदवारी दिएका थिए । त्यसपछि पार्टीले उम्मेदवारी फिर्ता गर्न दबाब दिएको थियो । उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको थियो ।

मृत भेटिएका पौडेलले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्