Logo
Logo

रिर्पोटिङकै क्रममा अलजजिराकी पत्रकारको गोली लागेर मृत्यु



काठमाडौं । इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु भएको छ । समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो ।

तस्बिर अलजजिराबाट

अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहरनजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ । उनीसँग रिपोर्टिङ गरिरहेका अर्का एक स्थानीय पत्रकार घाइते भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्