Logo
Logo

कपिलवस्तुको महाराजगन्जमा जेठ ३ गते निर्वाचन


630
Shares

कविलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गते हुनेको छ । सो नगरपालिकामा नेपाली कांग्रेसबाट उममेयरमा उम्मेदवारी दिएकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ मा सारिएको हो ।

बुधबार निर्वाचन कार्यालयले ३ जेठमा निर्वाचन गर्नेगरी कार्यतालिका प्रकाशित गरेको छ । सोहीअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।

उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली कांग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।

निर्वाचन अधिकृत कुवेर पाण्डेयका अनुसार नगरपालिकाभरी नै ३ गते मतदान हुने भएको हो । सोहीअनुसार नगरपालिकामा मौनअवधि ३१ वैशाखको रातिबाट लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्