Logo
Logo

मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो


504
Shares

काठमाडौं । देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.१० प्रतिशत मात्रै थियो ।

राष्ट्र ब्यांकका अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि गरीब घरपरिवारका लागि थप कष्टकर हुन्छ ।

चैत महिनाको समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मूल्यवृद्धि भने ५.६२ प्रतिशत छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले यस आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्