Logo
Logo

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ


14.1k
Shares

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरि दाङको भालुवाङमा राखेको नेकपा (बहुमत)का नेता गुणराज लोहनीले जानकारी दिए ।

हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बास्तोला नेकपा (बहुमत)का संयोजक बनेका थिए ।

बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

बाँस्तोलालाई प्रहरीले सार्वजनिक बस चढेर कोहलपुर गइरहेका षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरेको लोहनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्