Logo
Logo

करेन्ट लागेर एक जना महिलाको मृत्यु


567
Shares

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधवार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् ।

घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भूइँमा झरेको तारबाट विद्युत् प्रवाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको र कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो ।

कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भूइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए ।

उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु. पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्