Logo
Logo

आईपीएलमा आज चेन्नई र मुम्बई खेल्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । प्लेअफको रेसबाट बाहिरि सकेका दुवै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ ।

लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा छ । आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ ।

त्यसैले महेन्द्र सिंह धोनीको कप्तानीमा साविकको विजेता चेन्नई यो सिजन भने कमजोर बन्यो । यता रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आईपीएलको यो सिजन सबैभन्दा पहिले बाहिरिने टोली बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्