Logo
Logo

मृत भेटिए एक जना युवा


504
Shares

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक जना युवा मृतावस्थामा भेटिएका छन् ।

बुधवार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा भेटिएका हुन् । जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए ।

बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा उनी मृतावस्थामा भेटिएका स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्