Logo
Logo

तानसेनलाई सुन्दर बनाउन गमला बोकेर घर–घरमा मेयर


- दृष्टि न्युज/संवाददाता


पाल्पा, १९ असार ।
पर्यटकीय सहर तानसेनलाई थप सुन्दर बनाउने अभियान नगरपालिकाले सुरु गरेको छ । घर–घरमा फुलसहितको गमला राख्ने अभियान नगरपालिकाले सुरु गरेको छ ।


मेयर अशोक कुमार शाही आफैं गमला बोकेर बिहीबार नगरपालिकाको ३ नम्बर वडाका घर घर पुगे । उनले ३२ वटा गमला वितरण गरेका छन् । थप गमला समुदायमार्फत वितरण गर्ने नगरपालिकाको योजना छ । तानसेनलाई थप सुन्दर बनाउने अभियान अन्र्तगत गमला वितरण गरिएको मेयर शाहीले बताए । सहरको सौन्दर्यता बढाउन सबै घरमा गमला राख्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्