Logo
Logo
साहित्य

राहु केतुको बोको



उता बिहान हुँदा
यता अँध्यारो हुन्छ
तर यो एउटै ठाउँमा
अँध्यारो र उज्यालो सँगै हुन्छ
कोही उज्यालो भयो भनेर दङ्ग पर्दा
कोही अँध्यारो भयो भनेर बत्ती बाल्छन्
एकै दिन एकै समयमा
कोही संविधान दिवस मनाउँछन्
कोही कालो दिवस
दिवस नै विवश भयो
अब त दिग्भ्रमित

ग्रह चक्करमा घुम्दा–घुम्दा
राहु केतुहरूले अति दुःख दिए
पापी राहुको झन्डा बोकेको छ केतु
चुनाव आयो सगरमा उडाउँछन्
मायावी जालले
सकिए पछि धरतीमा पछार्छन्
दानवी चालले
राहु केतुको सुरसाको मुख
कहिले नअघाउने
भोट पछिको नोटको खेल
कहिले नसकिने
खेलको बोको हामी
धोको पुरागर्ने राहु केतुको
लहुलहान्त भयो यो माटो
पिँदिँदा राहु केतुको जाँतो

प्रतिक्रिया दिनुहोस्