Logo
Logo

घुस खाने ट्राफिकसँग पनि घुस असुल्ने पत्रकार अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार ।

सवारी चालकसँग घुस लिने ट्राफिक प्रहरी र ट्राफिक प्रहरीसँग घुस लिने पत्रकार अखित्यारको फन्दामा परेका छन् ।


दाङ जिल्ला, घोराही उप(महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथमा कागजात नभएकाले जरिवानाबापत रसिद काट्न खोज्दा सुनिल न्यौपानेलसँग दुई सय रुपैयाँ घुस लिएका
न्यौपानेले आफू पत्रकार भएकोले रकम लिएको भिडियो खिँचेको हुँदा पत्रपत्रिकामा प्रकाशन हुने भनेको कुरालाई बाहिर प्रकाशन प्रसारण नगराई दिनको लागि भनी घुस रिसवत बापत तत्काल नगद रू.५,०००।–(पाँच हजार) र ५०,०००।– (पचास हजार) को चेकमार्फत दिएका थिए ।
आफू पत्रकार भएकोले रकम लिएको भिडियो खिँचेको हुँदा पत्रपत्रिकामा प्रकाशन हुने र नोकरीमा समेत असर पर्ने सम्मको डर देखाई प्रकाशन प्रसारण नगराउनको लागि
उनले घुस दिएका थिए । घुस लेनदेन गरेको पुष्टि भएकाले दुवै जनाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्