Logo
Logo

पंचशील सहकारीको एटीएम सेवा सुरु


- दृष्टि न्युज/संवाददाता


ललितपुर, २० असार । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहलाई वित्तीय सेवा लगायत विविध सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई घर दैलो सेवाका साथै अत्याधुनिक प्रविधिको प्रयोग गरी गत आ.व. ०७४÷०७५ मा मोबाइल एस एम एस बैंकिङ लगायत इ सेवा मार्फत् विविध सेवा प्रदान गर्दै आएको छ ।

आ.व. ०७५-०७६ को शुरुवातमा स्मार्ट बैंकिङ शुरुवात गरेको यस संस्थाले शुक्रबारबाट विधिवत रुपमा पञ्चशील एटीएम कार्डको शुभारम्भ गरेको छ । पंचशील एटीएम कार्डको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलले गरेका छन् । SCT Network सँगको सहकार्यमा शुरु भएको एटीएम कार्ड सुविधा अन्तर्गत संस्थाका सदस्यहरु ले पञ्चशील एटीएम कार्ड मार्फत् नेपाल राज्यभर रहेका SCT Network तथा Union Pay मार्फत २ हजार २ सय भन्दा बढी एटीएम बुथबाट रकम निकाल्न सक्नेछन् । कार्यक्रममा प्रमुख अतिथि मिनराज कडेल र SCT का खाइटी प्रबन्धक दिपेश मास्केले संस्थाका अध्यक्ष राजु खतिवडालाई एटीएम कार्ड हस्तान्तरण गरी एटीएमको शुरुवात गरेका थिए ।

२०५६ सालमा दर्ता भई निष्क्रिय रुपमा रहेको पंचशील सहकारी संस्थालाई २०६४ साल बाट सक्रिय गराई नया व्यबस्थापनका साथ अगाडि बढाएको जानकारी कार्यक्रममा कार्यकारी अध्यक्ष राजु खतिवडा गराएका थिए । यस आ.व. को असार १९ सम्म संस्थाले कूल वित्तीय कारोवार १ अर्ब ८५ करोड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्