Logo
Logo

मुस्ताङको थासाङ गाउँपालिकामा एमाले विजयी


1.1k
Shares

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचन विजयी भएका छन् । उनले एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत पाएकी छन् । थासाङको उपाध्यक्षमा भने कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत पाएकी छन् ।

अन्तिम मतपरिणाम अनुसार लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ । एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष भने गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्