काठमाडौं । काठमाडौंमा मतगणनाका एउटा कउन्टर थपिएको छ । मतगणना ढिला भएपछि चर्को आलोचना भइरहेको छ ।

अहिले एउटा कान्टर थपेर ६ वटा टोलीले मत गणना गरिरहेको छ । बिहानसम्म पाँच वटा टोलीले मतगणना गरिरहेकामा कार्यालय समय सुरू भएपछि एउटा टोली थप गरिएको हो ।
नयाँ टोलीले काठमाडौं महानगरको वडा नम्बर ३१ को मतगणना सुरू गरेको छ। अहिलेसम्म काठमाडौं महानगरपालिकामा एउटा पनि वडाको अन्तिम मतपरिणाम आइसकेको छैन ।
अहिलेसम्म काठमाडौं महानगरको ६ हजार मत गणना भएको छ ।














