मुस्ताङ । मुस्ताङ जिल्लाको मतगणना सकिएको छ । घोषित मतगणनाअनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ ।
लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ भने घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ । यहाँ नेकपा एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष गुमाएको छ ।














