Logo
Logo

रोल्पाको २० वटा वडामा माओवादी विजयी


16.3k
Shares

रोल्पा । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ ।

अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा माओवादी केन्द्र, पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ७२ वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

माओवादी विजयी भएका वडाहरु

रोल्पा नगरपालिका-१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी भएका छन् ।

सुनिलस्मृति गाउँपालिका-१ मा गोवर्द्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका-७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी भएका छन् ।

थवाङ गाउँपालिका– ५ मा गोवर्द्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी भएका छन् । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिका-१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका-२ मा भिउलाल पुन, माडी गाउँपालिका- १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी भएका छन् । सुनछहरी गाउँपालिका-१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन् ।

कांग्रेस विजयी भएका वडा

नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका- १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।

रोल्पा नगरपालिका-३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी भएका छन् ।

एमाले विजयी भएका वडा

नेकपा एमालेबाट थवाङ गाउँपालिका- ४ हिकमत घर्तीमगर विजयी हुनुभएको छ । यसैगरी त्रिवेणी गाउँपालिका-२ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका- ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका-३ गणेश गिरी विजयी भएका छन् ।

स्वतन्त्र विजयी भएका वडा

रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्